बाँके –
Advertisement 1
सोमबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुगेका विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले क्यान्सर अस्पताललाई प्रयाप्त विद्युत् दिने बताएका छन् । बिना कारण पटक पटक विद्युतको लाईन काटिने समस्या भोग्दै आएको बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले पर्याप्त विद्युत उपलब्ध गराउने आश्वासन दिएका हुन् ।
नेपालगन्जको बसपार्क फिडरबाट विद्युत् सप्लाई हुँदै गरेको खजुरा क्षेत्र बाँकेमा सबै भन्दा बढी विद्युत अवरुद्ध हुने क्षेत्र हो । अस्पतालको अवलोकन गर्दै कार्यकारी महानिर्देशक घिसिङले अस्पताललाई विद्युतको कमी हुन नदिने बताएको घिसिङलाई उदृढ गर्दै अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्