एजेन्सी –
Advertisement 1
नासाले पठाएको स्पेसले चन्द्रमाको परिक्रम गरेर पृथ्वीमा फिर्ता भएको छ । नासाले पठाएको ओराइअन स्पेस क्याप्सुलले चन्द्रमाको परिक्रमा गरि २६ दिनपछि पृथ्वीमा फर्केको हो ।
सो स्पेसलाई अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको हो । चन्द्रमाको परिक्रमपछि सो स्पेस प्रशान्त महासागरमा अवतरण गरेको छ ।
नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । योजनाअनुसार पहिलो काम पूरा भएको नासाले जनाएको छ । नासाले यस पटक मानवविना नै यान अन्तरिक्षमा पठाएको हो ।
Advertisement 2
चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्तीअनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।





प्रतिक्रिया दिनुहोस्