२०८२ चैत्र १, आईतवार १४:२८ गते
नेपाली समय

ग्लोबल र बैंक आफ काठमाण्डूको मर्जर अन्तिम चरणमा

२०७९ मंसिर २९ गते, बिहीबार समय: १५:३३ मिनेट

काठमाडौं –

Advertisement 1


ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू बैंकको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ग्लोबल र बिओकेले मर्जका लागि राष्ट्र बैंकमा बिहीबार अन्तिम निवेदन दिएका हुन् ।


ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बिओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेस गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष संयुक्त निवेदन पेस गरेका हुन् ।

Advertisement 2


उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको जनाइएको छ ।


यसअघि ग्लोबल आइएमई र बिओकेबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

Advertisement 3

मर्जरका निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेको जनाइएको छ । मंसिर २३ गते दुवै बैंकका साधारणसभाबाट समेत मर्जरको प्रस्ताव पारित भइसकेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार