२०८२ मंसिर २३, सोमबार ००:४१ गते
नेपाली समय

कर्मचारीद्धारा पालिकाको कामकाज पूर्णरूपले बन्द

२०७९ पुष ३ गते, आईतवार समय: १६:०८ मिनेट

सुर्खेत

Advertisement 1


सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवासुविधा बन्द गरेका छन् । कर्मचारीलाई कुटपिट गरिएको विरोधमा पालिकाका कर्मचारीले अनिश्चितकालका लागि सेवा ठप्प पारेका हुन् ।

यसअघि गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं. २ को वडा कार्यालय भवनको ढलान कार्यको अनुगमन गर्न गएको समयमा ठेकेदार कम्पनीले मापदण्डविपरीत काम गरिरहेको र मापदण्डअनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्मर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेका थिए । सोपश्चात पालिकाका कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै विरोध जनाएका थिए ।

Advertisement 2

कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने बताएका छन् । पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि गाउँपालिकाका सर्वसाधारण सेवाबाट वञ्चित भएका छन् । यसले गर्दा योजना सञ्चालन तथा सम्झौतासमेत प्रभावित भएका छन् ।

सम्बन्धित समाचार