२०८२ मंसिर २३, सोमबार ०७:३० गते
नेपाली समय

डुडुवाको गाउँसभा सुरु

२०७९ पुष ४ गते, सोमबार समय: १७:४२ मिनेट

बाँके –

Advertisement 1


बाँके जिल्लाको डुडुवा गाउँपालिकाको १२औं गाउँसभा सुरु भएको छ । वर्ष २०७९।०८०को गाउँसभा पहिलोपटक सोमबार सुरु भएको हो ।


आर्थिक वर्ष २०७९।८० का लागि कूल ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट सभा पेस भएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

Advertisement 2


यसअघि पालिकाको गाउँसभा बस्न नसकेका कारण कुनै पनि कार्यक्रम अघि बढेको थिइन् । चालू आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरुसमेत प्रभावित भएको छ । स्वास्थ्यचौकीमा सिटामोल औषधिको पनि अभाव भएको छ भने ल्याबलगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको थियो । जसका कारण पालिकाका कर्मचारीले गाउँसभा सम्पन्न गर्नका लागि विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गरेका थिए ।


डुडुवा गाउँपालिकामा कर्मचारीले गत सोमबार तालाबन्दीसमेत गरेका थिए । यसका अलवा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले जनप्रतिनिधीहरुको पटक–पटक ध्यानाकर्षण गराएका थिए भने । पालिकाका शिक्षकहरुले हातमा कालोपट्टी बाधेर विरोध जनाउँदै काम गरेका थिए ।

Advertisement 3


तर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै विपक्षीहरु पटक–पटक मौखिकरुपमा सहमती गरे पनि व्यहारमा कार्यान्वयन नगरेको उनले बताउँदै आएका थिए र पत्रकार सम्मेलन पनि गरेका थिए ।


र पुस ४ गते सभा बस्ने निश्चित भएपछि तालाबन्दी खोलिएको थियो ।

सम्बन्धित समाचार