२०८३ बैशाख ३, बिहीबार २२:२३ गते
नेपाली समय

पहिलोपटक खयरभट्टीमा विद्युत् ल्याउँदै ‘नमुना’

२०७९ पुष ६ गते, बुधबार समय: १८:०९ मिनेट

बाँके –

Advertisement 1


बाँके निर्वाचना क्षेत्र नम्बर २ को प्रदेश १ बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित सदस्य कृष्ण केसी ‘नमुना’ले राप्ती सोनारी गाउँपालिकामा विद्युतीकरण गराउन प्रयास सुरु गरेकी छिन् । उनले बुधबार विद्युत् प्राधिकरणमा पुगेर हालसम्म विद्युत् विस्तार नभएको राप्ती सोनारी वडा नम्बर ४ खयरभट्टीमा २२ किलोमिटर विद्युत् विस्तारका लागि बजेट पास गराएकी हुन् ।


यसअघि २०७९/८० को स्वीकृत बजेट तथा कार्यक्रममा सो कार्यक्रम समावेश भने भएको थिएन् । जसका लागि नमुनाले विद्युतीकरण गर्नुपर्ने भन्दै बजेट व्यवस्थापनको लागि मंसिर २६ गते फायल पेस गरेकी थिइन् ।

Advertisement 2


नमुनाले सो क्षेत्रका लागि प्राविधिकरणसँग ३ करोड ४० लाख रुपैयाँ बजेट पास गराएकी छिन् । अब उक्त बजेटबाट सो क्षेत्रका २२ किलोमिटरमा ११ केभि लाइन, ४ दशमलव ३ किलोमिटरमा वितरण लाइन निर्माण र ३ स्थानमा ट्रान्सर्फमर जडान गरिने विद्युत् प्राधिकरणले जनाएको छ । सो काम सम्पन्न भएपश्चात सो क्षेत्रका करिब ४ सय घरधुरीमा विद्युत् पुग्ने विश्वास लिइएको छ ।


प्रदेश सासद नमुनाले वडा नम्बर ४ क्षेत्रका जनतालाई विद्युत्को पुहँचमा पुर्याउने आफ्नो निर्वाचत समयदेखको लक्ष्य रहेको बताइन् । ‘राप्ती सोनारी क्षेत्रका धेरै जनतामा अझै पनि विद्युत्को समस्या रहेको छ । सो समस्या समाधान गर्नका लागि सधैं मेरो तत्परता हुनेछ,’ उनले भनिन् ।

Advertisement 3


यसका अलवा केहीदिन देखि काठमाडांैमा रहेकी सांसद नमुनाले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्याहरुका योजना बनाई समाधानका लागि बजेट माग गर्दै विभिन्न संघीय मन्त्रालयहरुमा धाई रहेकी छिन् ।

सम्बन्धित समाचार