२०८२ फाल्गुन २९, शुक्रबार १९:४४ गते
नेपाली समय

प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष प्रचण्डले दाबी पेश गरे

२०७९ पुष १० गते, आईतवार समय: १८:१८ मिनेट

काठमाडौँ –

Advertisement 1


नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् । आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको उनले आइतबार बेलुका प्रधानमन्त्रीको दावी राष्ट्रपतिलाई पेस गरेको हुन् ।


सोअघि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति जुटन नसकेपछि बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच सहमति जुटेको हो ।

Advertisement 2


नेकपा एमालेसहित दलहरुका शीर्ष नेताहरु बहुमत सांसदको समर्थन लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको हो ।


प्रचण्डलाई १ सय ६६ सांसदको समर्थन रहेको जनाइएको छ । सरकार गठन गर्न १ सय ३८ सांसद भए बहुमत चाहिन्छ ।

Advertisement 3


राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी थिइन् । अन्तिम समयमा आएर दलहरुले बहुमत पु¥याएका हुन् ।

यता नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने नसोचेको गुमाएका छन् । आइतबार बिहानसम्म नेपाली कांग्रेससँग थुप्रै पद थिए । माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउँथ्यो । यस्तै सात वटा प्रदेशमध्ये कम्तीमा चार वटामा मुख्यमन्त्री अनि प्रदेश प्रमुखलगायतमा कांग्रेसको दाबी हुन्थ्यो । १० सिट भएको एकीकृत समाजवादीले पनि केही पदमा दाबी गरेको थियो ।

सम्बन्धित समाचार