२०८२ मंसिर २३, सोमबार ०३:५४ गते
नेपाली समय

जुुम्ला घुमाउने सुनील गिरीको ‘जुम्ला’(तस्बिर)

२०७९ पुष ११ गते, सोमबार समय: ०९:२८ मिनेट

बाँके –

Advertisement 1


पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक सुनिल गिरीले पछिल्लोपटक सार्वजनिक गरेको गीत ‘जुम्ला’ अत्याधिक लोकप्रिय बन्दै गएको छ । उसोत उनले यसअघि सार्जजनिक गरेका गीतहरुको पनि लोकप्रियता भने कम छैन ।


मौलिक परम्परागत रहनसहनदेखि नेपाली संस्कृति र जीवनशैलीलाई प्रोत्साहन गर्ने सुनिल गिरीका गीतहरुमा प्रसस्त मनोरञ्जन देख्न सकिन्छ । त्यस्तै गिरीको ‘जुम्ला’ गीतले पनि जुम्लाको भेसभुषा, रहनसहन, जीवनशैली र संस्कृतिलार्ई पर्यटकिय हिसाबले वर्णन गरेको पाइन्छ ।

Advertisement 2

Advertisement 3


गिरीको आफ्नै स्वरमा रहेको ‘जुम्ला’ गीतले पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको जुम्ला जिल्लालाई केन्द्रित गरेको छ ।


गीतमा सुनिलकै संगीत रहेको छ भने शब्द चाहि अमन निलसागर र सुनिलको संयुक्तरुपमा रहेको छ। गीतको अडियो जति सशक्त छ, भिडियो झन आकर्षक बनाइएको छ । भिडियोमा जुम्लाका आकर्षक दृश्यहरुलाई उत्कृष्ट तरिकाले देखाइएको । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् भने विवेक बिकले भिडियो खिचेका छन् र मनोज कार्की भिडियोका सम्पादक गरेका हुन् ।

तस्बिरमा सर्वाधिकार ‘जुम्ला’ गीतको हुनेछ ।

(620) Sunil Giri – Jumla (जुम्ला) • Miss Pabi • Roshan KC • Official MV – YouTube

सम्बन्धित समाचार