२०८२ मंसिर २३, सोमबार ०६:२८ गते
नेपाली समय

कोहलपुर छैटौं मेयर कपको उपाधि त्रिभुवनलाई

२०७९ पुष ११ गते, सोमबार समय: १९:२७ मिनेट

बाँके –

Advertisement 1


सोमबार सम्पन्न कोहलपुर नगरस्तरिय छैटौं मेयर कप रनिङ शिल्ड–२०७९को उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ । कोहलपुर नगरपालिकाका ३६ वटा विद्यालयलाई पछि पार्दै त्रिभुवनले उपाधि हात पारेको हो ।


त्यस्तै प्रतियोगितामा ग्रीनपिस माध्यमिक विद्यालय द्वितीय र डायनेमिक माध्यमिक विद्यालय तृतीय भएको छ ।

Advertisement 2


प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी डायनमिकका प्रतीक सुनार र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रीन पिसकी तुलसा दमाई भएकी छिन् ।


विजयी विद्यालय र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उप–प्रमुख संगीता सुवेदी, कोहलपुर नपरपालिका सामाजिक विकास समितिका संयोजक नारायणी वली, कोहलपुर नगर खेलकुद विकास समितिका वुद्धि थापा, कोहलपुर नगर शिक्षा प्रमुख रामबहादुर हमाललगायतले शिल्ड तथा पुस्कार वितरण गरे ।

Advertisement 3


समापनमा कोहलपुर गरपालिकाका प्रमुख आचार्यले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा प्राथमिकता दिइएको बताए । उनले आगामी दिनमा खेलकुद सप्ताह राखी खेलकुदलाई आगाडि बढाउनुपर्नेमा जोड दिए ।


समाहरोमा नगर उप–प्रमुख सुवेदीले युवाहरु खेलकुद प्रति रुचिबढेको भन्दै सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन ।


प्रतियोगिता शुक्रबारदेखि कृष्ण माविको खेल मैदानमा भएको थियो ।

सम्बन्धित समाचार