कैलाली –
Advertisement 1
कैलाली जिल्लाको धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडिबाट प्रहरीले ५ जनालाई नक्कली नोट र बाघको हड्डीसहित पक्राउ गरेको छ । कैलाली प्रहरीले १ लाख ४२ हजार रुपैयाँ नगद नक्कली नोट, ५ किलो बाघको हड्डी र जडिबुटी बरामद गरेको हो ।
प्रहरीले कैलाली चुरे गाउँपालिका ६ का लालबहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट ४ थान नक्कली नोट फेला पारेको थियो । सोधपुछका क्रममा अन्य ४ जनासमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।
Advertisement 2
अन्य व्यक्तिहरूको खोजी गर्दा दार्चुला लेकम गाउँपालिका ६ बस्ने लिलाधार मिश्र, जिल्ला डोटी शिखर नगरपालिका–१० का करन सिंह धामी र जिल्ला डोटीका मोहन सिंह बोहरा तथा टेकेन्द्र धामीलाई समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
सो अनुसन्धानमा करन सिंह धामी बस्ने गरेको डेरा कोठा लुकाई राखेको अवस्थामा १ लाख ४२ हजार नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्