२०८२ मंसिर २२, आईतवार १३:११ गते
नेपाली समय

नेपालगन्जका सबै वडा इन्टरनेटको पहुँचमा

२०७९ पुष १३ गते, बुधबार समय: १७:१५ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्ज उप–महानगरपालिकाका सबै वडामा इन्टरनेट सेवाको पहुँच विस्तार गरिएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगनजको वडा नम्बर २३ मा बुधबारदेखि सेवा विस्तार गरिएसँगै नेपालगन्जका सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।


नगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेका छन् । २३ नम्बर वडामा इन्टरनेट सुरु भएसंगै २३ वटै वडा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्ने भएको छ ।

Advertisement 2


उक्त वडामा वल्र्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए ।

सम्बन्धित समाचार