काठमाडौं –
Advertisement 1
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको गरिएको छ ।
नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पु¥याइने छ ।
Advertisement 2
शुक्रबार नास्टमा आयोजित डाँफे र मुनाल भू–उपग्रहको डिजाइन पुनर्समीक्षा तथा पत्रकार सम्मेलनमा दुई भू–उपग्रहको निर्माण र सञ्चालन विधिका बारेमा जानकारी दिइयो ।
स्याटलाइट अभियानका समूह अनुसार सन् २०२२ भित्रै उडाउने योजना भए पनि प्राविधिक सहकार्य गर्दै गरेको निकायले मिति सारेकाले आगामी २०२३ को अप्रिलसम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने तयारी छ ।





प्रतिक्रिया दिनुहोस्