काठमाडौं –
Advertisement 1
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल-टी २० जनकपुरमाथि लुम्बिनीले जीत निकालेको छ । चादविक वाल्टनको अर्धशतकका बावजुद पनि जनकपुर रोयल्स लुम्बिनी अलस्टार्ससँग ५ रनले पराजित भएको छ ।
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याउदै जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रनमा बनाएको थियो ।
Advertisement 2
जनकपुरका चादविक वाल्टनले ३६ बलमा ३ चौका र ४ छक्कासहित ५९ रनमा अविजित रहे । ओपनर ट्रेभोन ग्रिफित र शरार्फुदिन असरर्फले समान २६-२६ रनको योगदान गरे ।
लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेको थियो ।
Advertisement 3
लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए । लाहिरु मिलान्था ३२ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए ।
नेपाल-टी २० प्रतियोगितामा ८ खेल खेलेको लुम्बिनी ७ जीत र एक हारअन्तर्गत १४ अंकसहित शीर्ष स्थानमा रहेको छ । लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
जनकपुर ८ खेलमा ५ जीत र तीन हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।
लुम्बिनीले बुधबार काठमाडौं अलस्टार्ससँग खेल्नेछ । जनकपुरले बिहीबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।






प्रतिक्रिया दिनुहोस्