बाँके –
Advertisement 1
बाँकेको खजुरा गाउँपालिकाभित्र रहेका विद्यालय ४ दिन बन्द गरिने भएको छ । अत्याधिक चिसो मौसमका कारण गाउँपालिकाले सबै विद्यालयलाई पुष २० गतेदेखि २३ गतेसम्म बन्द गर्न निर्देशन दिइएको हो ।
पालिकाले मंगलबार सूचना जारी गर्दै सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको पालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । अध्यक्ष विकले अनुसार अत्याधिक चिसो भएकाले विद्यार्थीको स्वास्थ्यमा समस्या पर्नसक्ने भएकाले विद्यालय बन्द गर्न निर्णय गरिएको बतए ।
Advertisement 2
‘बदलिदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्ने सक्ने असरलाई मध्यनजर गरी खजुरा गाउँपालिका स्थित रहेका सामुदायिक विद्यालयहरु र निजी विद्यालयहरुमा पठनपाठन नगरी विद्यालय बन्द राख्न गाउँपालिकाका सबै विद्यालयहरुलाई जानकारी गराइएको छ,’ विकले भने ।






प्रतिक्रिया दिनुहोस्