बाँके –
Advertisement 1
बाँकेको राप्ती सोनारी गाउँपालिका – ९, ढकेरीमा बिहीबारदेखि छात्र÷छात्राहरुलाई ९० दिने आधारभुत कम्प्युटर तालिम सुरु गरिएको छ । वडा नम्बर ९ को आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अनुसार करिब ५ लाख ५० हजार रुपैयाँको लागतमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत २ सय २५ छात्र÷छात्राहरू ३ महिने आधारभुत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो ।
तालिमको उदघाट्न सत्रमा बोल्दै वडाध्यक्ष सोहनलाल थारुले विपन्न वर्गका विद्यार्थीहरुलाई कम्प्युटर सिक्न कोहलपुर जानुपर्ने समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले कम्प्युटर तालिमको आयोजना गरेको बताए । कम्प्युटरको ज्ञान भएपछि मात्रै सबै कामहरु सहजरुपमा गर्ने सकिने बताउँदै उनले उत्कृष्ट विद्यार्थीलाई डिप्लोमा कोर्ष सिकाउनका लाथिसमेत प्रक्रिया अगाडि बढाइने बताए ।





प्रतिक्रिया दिनुहोस्