बाँके –
Advertisement 1
आज (शुक्रबार) पौष शुक्ल पूर्णिमा, यस दिनदेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दूले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।
Advertisement 2
स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव–पार्वतीको विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागत रूपमा सोही व्रत कथा प्रचलन हुँदै आएको मानिन्छ ।
घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो ।





प्रतिक्रिया दिनुहोस्