Advertisement 1
एजेन्सी –
पहिलोपटक सैनिक एक कम्पनीले पर्खाल पछाडिको दृश्यहरू हेर्न सकिने एउटा नयाँ उपकरण थपेको छ । ‘जाभर १०००’ नामक उपकरणमार्फत बयालिस मिटर टाढाबाटै पर्खाल पछाडि रहेका मानिस र वस्तुहरू पहिचान गर्न सकिने कम्पनीको दाबी छ ।
Advertisement 2
यस उपकरणले चमेरोजस्ता आफ्ना पखेटाहरू खोलेपछि आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने सफ्टवेयरबाट जीवित र स्थिर चिजहरूका पत्ता लगाउने गर्दछ ।
यस उपकरणले आफ्नो लक्षलाई राम्ररी म्यापिङ गर्न सक्छ । यसले आफ्ना शत्रु कोठाभित्र उभिरहेका वा बसिरहेका छन् भन्ने मात्र नभई कुनै पनि व्यक्तिको शरीरको निश्चित भागको नक्साङ्कन समेत गर्ने क्षमता राख्दछ ।
१० इन्चको स्क्रिनमा देखिने यो उपकरण दुई वा तीन आयामियसरी पर्खाल पछाडि वा कोठाभित्रको दृश्यहरू हेर्न सकिने यो विश्वकै पहिलो प्रविधि हो । काम सकिएपछि ३५ पाउन्ड वजनको यो यन्त्र र ब्याट्रीलाई प्याक गरेर सजिलै अन्य स्थानमा लग्न सकिन्छ ।





प्रतिक्रिया दिनुहोस्