२०८२ मंसिर २२, आईतवार १५:१२ गते
नेपाली समय

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

२०७९ पुष २४ गते, आईतवार समय: ०६:४० मिनेट

बाँके –

Advertisement 1


सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पुस २७ गते पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन)को दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गेको छ ।


नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

Advertisement 2


सो दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि लिने गरिन्छ ।


एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

Advertisement 3


सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार