२०८२ फाल्गुन ३०, शनिबार २०:५० गते
नेपाली समय

दादुरा रोकथाम प्रभावकारी बनाउन नेपालगन्जमा छलफल

२०७९ पुष २४ गते, आईतवार समय: १७:२८ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्ज उप–महानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा रोकथामका लागि सरोकारवाला निकाय एवम् धर्मगुरुहरुसँग छलफल गरिएको छ ।


आइतबार नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखाले कार्यक्रमको आयोजना गरेर छलफल तथा अन्तरक्रिया कार्यक्रममा गरेको छ भने बाँके युनेस्को क्लबले स्वास्थ्य कार्यालय बाँके र नेपालगन्ज उप–महानगरपालिकाको सहजीकरणमा दादुरा महामारी नियन्त्रणका विषयमा छलफल गरेको छ । युनेस्को क्लबले दादुरा महामारी नियन्त्रण र ६ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुमा दादुरा रुबेला खोपको कभरेज बढाउन धर्मगुरुहरू मौलाना, मदरासा गुरुसँग छलफल तथा अभिमुखिकरण कार्यक्रम गरोको हो ।

Advertisement 2


नेपालगन्जले आयोजना गरेको कार्यक्रममा नगरका २३ वटै वडाका स्वास्थ्यचौकी इन्चार्जहरुलाई अभिमुखीकरण दिनुका साथै दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसँगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल भयो ।


भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डे र कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा.रोमा बोराले दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तरिका, भिटामिन ‘ए’ खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधिलगायतका विषयमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरे ।

Advertisement 3


कार्यक्रममा सरोकारवाला सबैले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्तिका साथ प्रकोपसँग जुध्न विशेष रणनीतिसहित अघि बढ्नपर्नेमा जोड दिए ।


कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जिल्लामा नेपालगन्जका ११ वटा वडामा दादुरा प्रभावित ७६ जना बिरामी फेला परेको जनकारी गराए । साथै उनले खजुरामा पनि थप दुई केश भेटिएको बताए ।


उनले दादुराबाट नेपालगन्जमा एक जनाले ज्यान गुमाएको र दुई दिनमा नेपालगञ्जका ३ वटा वडामा १ सय २ सय ५८ जनाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएको बताए । साथै ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै आएको श्रेष्ठले जानकारी गराए ।


स्वास्थ्य महाशाखा प्रमुख चन्दले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि भइरहेका गतिविधि र अख्तियार गरिएका रणनीतिबारे जानकारी गराए ।


स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा.शर्माले अन्य ठाउँमा दादुरा फैलिन नदिन सबै एकिकृत ढंगले लाग्नुपर्ने बताए । पूर्ण खोप सुनिश्चितता घोषणा भएको अवस्थामा पनि यसप्रकारको प्रकोप फैलिनु चिन्ताको विषय रहेको बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकार सबै गम्भीर ढंगले यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

सम्बन्धित समाचार