बाँके –
Advertisement 1
बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र(एनसार्क)ले उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दे ३९औं स्थापना दिवस मनाएको छ । एनसार्कले आइतबार कार्यक्रमको आयोजना गरेर स्थापना दिवसको अवसरमा संस्थाका कर्मचारी रामचन्द्र पौडेल, भरतकुमार खड्का, पवित्रा खड्का, हरिप्रसाद चौधरी र सृजना थापा गरी ५ जना कर्मचारीलाई सम्मान गरेको हो ।
उनीहरुलाई एनसार्कका संस्थापक अध्यक्ष डा.जिराज शाक्य, संस्थापक सदस्य शंकरप्रसाद जोशी, कार्यकारी निर्देशक बचनुकुमार झाँलगायतले दोसल्ला ओडाएर सम्मान गरे ।
Advertisement 2
एनसार्कका कार्यक्रम संयोजक माजित अलिले सम्मानित व्यक्तिसहित सबै कर्मचारीले सांगाठितरुपमा राम्रो काम गरेको बताए ।
एनसार्क यौनरोग तथा एड्ससम्बन्धि काम गर्ने नेपालकै पहिलो संस्था हो । नेपालमा एचआइभि संक्रममित पृष्टि नहुँदैदेखि एनसारले काम गर्दै आएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको अध्यक्षा डा. शाक्यले एनसारको विगत यात्रालाई स्मरण गर्दै भने, ‘नेपालमा म पढाइ सकेर नेपाल आएको समयमा अन्य देशहरुमा एचआइभिको संक्रमण देखिएको थियो । नेपालमा पनि एचाआइभिको संक्रमण आउने सक्छ भन्ने मलाई लागेर यो संस्थाको जन्म भएको हो ।’ उनले नेपालमा एचआइभि संक्रमित व्यक्तिले सधैं हेला पाएको बताउँदै, नेपाल सरकारले एचआइभि क्षेत्रमा काम गर्न नसकेको औल्याए ।
Advertisement 3
डा.शाक्यले नेपालमा पहिलोपटक सन् १९८८ मा एचआइभि संक्रमण पुष्टि भएको बताउँदै आफूहरुले १९९५ देखि सो क्षेत्रमा काम गर्दै आएको बताए । शाक्यले भने, ‘सो समयमा हामीहरुले एचाआइभिविरुद्ध सीमा क्षेत्रमा क्रस चेकिङका कामहरुलाई तीव्रता दिएका थियो । तर अहिले क्रस चेकिङ हुनै छोडेको छ ।’ उनी अझै पनि नेपालमा एचआइभि पूर्णरुपमा नियन्त्रणमा नआएको बताउँदै सीमाक्षेत्रमा चोकजाँच गर्नु पर्ने बताउँँछन् । साथै पहिलाको तुलनामा एचआइभिप्रति मानिसहरुको दृष्टिकोण परिवर्तन भएको उनले बताए ।







प्रतिक्रिया दिनुहोस्