२०८२ फाल्गुन २९, शुक्रबार १५:११ गते
नेपाली समय

इन्धनको मूल्य घट्यो

२०७९ पुष २४ गते, आईतवार समय: २१:०७ मिनेट

काठमाडौं –

Advertisement 1

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको जनाएको छ । सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जनाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय ७२ रुपैयाँ कायम भएको छ । साथै निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ ।

Advertisement 2

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १ सय ७० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार