२०८२ मंसिर २४, मंगलवार ०६:२९ गते
नेपाली समय

लुम्बिनी बन्यो नेपाल टी–२० को च्याम्पियन

२०७९ पुष २७ गते, बुधबार समय: १८:३३ मिनेट

बाँके –

Advertisement 1


लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । विराटनगरलाई हराउँदै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी उपाधि लुम्बिनीले उचालेको हो ।
टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले लुम्बिनीले हराएको हो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनायो ।


विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

Advertisement 2


लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई–दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए ।


त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Advertisement 3


विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई–दुई तथा हुसेन तलत, कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।


पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीले सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार