२०८२ फाल्गुन ३०, शनिबार ०७:१० गते
नेपाली समय

लायन्स र लियो क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२०७९ पुष २७ गते, बुधबार समय: २०:४८ मिनेट

बाँके –

Advertisement 1

लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले निःशुल्क आँखा तथा कान शिविर आयोजना गरेको छ । नेपालगन्ज उपमहानगरपालिका – २० थपुवामा आयोजना गरिएको शिविरमा १ सय १० जनाले कानको परीक्षण र १ सय ३५ जनाले आँखाको परीक्षण गराएका थिए । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

परीक्षणका क्रममा १५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाएको र ६ जनाको कानको अप्रेशन गर्नुपर्ने देखिएको डिस्ट्रिक्ट एडभाईजर लायन उमा थापामगरले जनाकारी गराइन ।

Advertisement 2

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै फस्ट भिडिजि लायन मुकुट ढकालले लायन्सका संस्थापक मेल्बिन जोन्सले समाजका विविध समस्याहरुलाई सामाजिक सेवामार्फत तत्काल सम्बोधन गर्न लायन्स क्लबको स्थापना गरेको हुँदा आफूहरुले पनि तत्काल समस्या समाधानका लागि पहल कदमी गरिरहेको बताए।

त्यस्तै निर्वतमान डिस्ट्रिक्ट गर्भनर लायन मधुसुदन शर्माले लायन्स क्लबले समाजको कुना कुनामा लुकेका तर पहुँचको अभावमा सेवा लिनबाट वञ्चित समुदायलाई टार्गेट गरेर लायन्स क्लबले सामाजिक सेवाका कार्यहरु निरन्तर गरिरहेको बताए । पुर्व डिस्ट्रिक्ट गर्भनर लायन शेम शाक्यले करिब १ सय वर्ष देखि सामाजिक सेवा मार्फत लायन्स क्लब देशको दुर दराजसम्म पुगेर समाजका विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरेको बताए।

Advertisement 3

क्लबका अध्यक्ष लायन विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठ, डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन शशि श्वाँर, एक्ज्युटिभ डिस्ट्रिक्ट को चिफ लायन सरिता शाक्य, मेल्बिन जोन्स डे सेलिब्रेसन कोर्डिनेटर लायन साबित्रा शर्मा, डिस्ट्रिक्ट एडभाईजर लायन कृष्ण प्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट चिफ लायन डिल्ली रेग्मी, लायन मिना ढकाल, लायन मन्दिरा पाण्डे, लियो प्रकाश कुँवर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार