२०८२ फाल्गुन २६, मंगलवार २१:२२ गते
नेपाली समय

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मा टेक प्रसादलाई

२०७९ पुष २८ गते, बिहीबार समय: १७:३० मिनेट

बाँके –

Advertisement 1


लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मा टेकप्रसाद राईले पाएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी)को रुपमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएको राई यसअघि प्रहरी प्रवक्ता थिए ।


बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले डीआइएजीको काज सरुवा गरेको छ । सोहीअनुसार लुम्बिनी प्रदेशसहित सबै प्रदेशमा डीआईजीको काज सरुवा गरिएको हो । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बिहीबार काज सरूवा गरिएको हो ।

Advertisement 2


त्यस्तै कर्णाली प्रदेशमा कार्यरत पोषराज पोख्रेलको प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा हुदा भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ । साथै अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् ।


प्रदेश नम्बर एकमा भने श्यामलाल ज्ञवालीले पुगेका छन् । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए, ज्ञवाली ।

Advertisement 3


यस्तै मधेश प्रदेशमा बसन्त कुँवरले जिम्मेवारी पाएका छन् । कुँवर यसअघि प्रहरी प्रधान कार्यालय नक्सालको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत थिए ।


त्यसैगरी प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा सरूवा भएका छन् । बुद्धिराज गुरूङले गण्डकी प्रदेशको नेतृत्व पाएका छन् ।


यसअघि मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ ।

सम्बन्धित समाचार