बाँके –
Advertisement 1
माघ २० गते प्रदर्शनको तयारीमा रहेको ‘ह्यारी की प्यारी’ चलचित्र टिमसँग चलचित्र पत्रकार संघ बाँके शाखाले बिहीबार साक्षात्कार कार्यक्रम गरेका छ । ‘ह्यारी की प्यारी’ टिजरले देशभर चर्चा पाएसँगै प्रचारप्रसारको क्रममा रहेको टिमसँग चलचित्र पत्रकार संघ बाँके शाखाले नेपालगन्जमा साक्षात्कार गरेको हो ।
साक्षात्कार कार्यक्रममा बाँके शाखाका अध्यक्षा रामचन्द्र पौडेलले नेपालगन्ज आइपुगेका ‘ह्यारी की प्यारी’का प्रमुख कलाकार जितबहादुर नेपाल (जितु नेपाल), लेखक तथा निर्देशक डा.कपिल रिजाल र डीओपी सुदिप बराललाई फूलमालासहित स्वागत गरे ।
Advertisement 2
टिजर सार्वजनिक भएसँगै ‘ह्यारी की प्यारी’मा नायिकाभन्दा नायकको उचाई कम भएको भन्दै चर्चा बटुलिरहेको छ । पहिलोपटक चलचित्रमा प्रमुख कलाकारको भूमिका निभाएका जितु नेपाल ‘ह्यारी की प्यारी’ नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहभन्दा कम उचाई भएको प्रस्तुत गरिएको छ ।

साक्षात्कारमा कलाकार नेपालले ‘ह्यारी की प्यारी’ चलचित्रमा कथाअनुसारका कलाकार रहेको बताए । हालसम्मको नेपाली कथानक चलचित्रभन्दा फरक कथा चलचित्रले प्रस्तत गर्ने उनले दावी गरे ।
Advertisement 3
त्यस्तै डा.रिजालले ‘ह्यारी की प्यारी’मा बलिउड क्षेत्रमा काम गरेका राम्रा हस्तीहरुले काम गरेर बताए । चलचित्रको म्यूजिक, कलरलगायत टेक्निसियन क्षेत्रमा बलिउड चलचित्रमा काम गरिसकेका प्रख्यात व्यक्तिहरुबाट सम्पादन गरिएको उनले बताए ।
साथै बरालले ‘ह्यारी की प्यारी’ले नेपाली चलचित्र क्षेत्रलाई उचाईमा पुर्याउने बताए । यस चलचित्रले अन्तर्राष्ट्रिय सिनेक्षेत्रमा प्रतिस्पर्धा गर्ने सक्ने उनको भनाइ छ ।
‘ह्यारी की प्यारी’ चलचित्र नेपाली भाषा बाहेक अन्य ४ वटा भाषामा पनि रिलिजको तयारी गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्