२०८२ मंसिर २३, सोमबार ०३:३१ गते
नेपाली समय

नेपालगन्जमा रुकुमेली भेला सम्पन्न

२०७९ पुष ३० गते, शनिबार समय: १८:०३ मिनेट

बाँके –

Advertisement 1


रुकुमेली एकता र पहिचानका लागि नेपालगन्जमा रुकुमेली भेला सम्पन्न भएको छ । शनिबार रुकुममा पूर्व सांसद तथा ज्येष्ठ सदस्य कृष्णप्रसाद गौतमको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको छ ।


लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी नमुनालाई दोसल्लाह ओढाएर सम्मानसमेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै नविनयुक्ति मन्त्री केसीले रुकुमेली एकताका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् । रुकुममा जन्मेकी मन्त्री केसी तत्कालीन जनयुद्धदेखि माओवादी आन्दोलनमा होमिएकी थिइन् । रुकुमले जन्म दिएकोमा गर्व गर्दै उनले रुकुमेली एकता अपरिहार्य भएको बताइन् ।

Advertisement 2


भेलाले रुकुमेलीलाई संगठित गर्न रुकुमेली सेवा समाज बाँकेको तदर्थ समितिसमेत निर्माण गरेको छ । शेरबहादुर मल्लको अध्यक्षतामा १७ सदस्यीय समिति बनेको रुद्र देवकोटाले जनाए । यस समितिले सामाजिक कार्य गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार