२०८२ फाल्गुन २९, शुक्रबार ०३:०१ गते
नेपाली समय

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने

२०७९ माघ १ गते, आईतवार समय: १५:०८ मिनेट

काठमाडौं –

Advertisement 1


पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए


आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

सम्बन्धित समाचार