२०८२ चैत्र ६, शुक्रबार ०८:५५ गते
नेपाली समय

कर्णाली प्रदेश सभाको सभामुखमा गुरुङ निर्वाचित

२०७९ माघ १ गते, आईतवार समय: १५:४५ मिनेट

सुर्खेत –

Advertisement 1


कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित भएकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै दोस्रो सभामुखमा निर्वाचित भएकी हुन् ।


सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले योपटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो ।

Advertisement 2


त्यस्तै गुरुङका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले भने १४ मत प्राप्त गरे ।


४० सदस्यीय कर्णाली प्रदेश सभामा समामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपाको १ मत प्राप्त भएको छ । सभामा गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । कांग्रेसका पोखरेलले नेपाली काँग्रेसका १४ जना सांसदको मात्र मत पाएका छन् ।

सम्बन्धित समाचार