काठमाडौं –
Advertisement 1
आइतबार पोखरामा भएको यति एअरलाइन्स विमान दुर्घटनामा एकै परिवारका ४ जनाको ज्यान गएको छ । पर्वतको बिहादी गाउँपालिका–५ घर भएकी ६३ वर्षीया जमुना शर्मासहित तीनजनाको ज्यान गएको हो ।
जमुनासहित छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भएको हो । उनहीहरु यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को बानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर घर फर्किँदै थिइन् ।
Advertisement 2
विमान दुर्घटनामा एकै परिवारका चारजनासहित पर्वतका १० जनाले ज्यान गुमाएका छन् । यस घटनामा ज्यान गुमाउनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि त्यही दुर्घटनामा निधन भएको थियो।





प्रतिक्रिया दिनुहोस्