बाँके –
Advertisement 1
प्रहरीले नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद गरेको छ ।
नेपालगन्जको धम्बोझीचोकस्थित पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेकाे हाे ।
Advertisement 2
पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठा खोल्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरीले जनाएको छ।
बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताए । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको छ ।
Advertisement 3
संकेतको लागिमात्र तस्बिर प्रयोग गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्