२०८२ मंसिर २२, आईतवार ११:५८ गते
नेपाली समय

चार दिनपछि खुलेको सेयर बजारमा वृद्धि

२०७९ माघ ३ गते, मंगलवार समय: १८:१० मिनेट

काठमाडौं –

Advertisement 1


चार दिनपछि मंगलबार खुलेको सेयर बजारमा वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३२.७२ अंकले बढ्दै २१८२.११ अंकमा उक्लिएको हो ।


३२ अंकमाथिले नेप्से बढेको यस दिन कुल ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । साथै बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२९ प्रतिशत) ले घट्न पुगेको छ ।

Advertisement 2


यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.८१ अंकले बढ्दै ४१६.०६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।


आज बैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ५.१२ प्रतिशतले बढेको छ भने हाइड्रोपावरको उपसूचक ५.०३ प्रतिशतले बढेको छ ।

Advertisement 3


यस्तै, फाइनान्स समूहको उपसूचक ३.६० प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.०७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६६ प्रतिशतले र अन्य समुहको उपसूचक २.८५ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार