बाँके –
Advertisement 1
नेपाल घरेलु तथा उद्योग महासंघ जिल्ला शाखा बाँकेको आयोजनामा माघ १० गते देखि २४ गतेसम्म नेपालगन्जको सडक डिभिजनमा सुरु हुने चोैंथो प्रादेशिक औधोगिक लघु घरेलु तथा कृषि प्रविधि ब्यापार एव पर्यटन महोत्सव २०७९ को तयारी तीव्र गतिमा अघि बढेको छ । ब्यापार मेला लाग्ने स्थलमा अहिले स्टल निर्माण कार्यसंगै बाल उद्यान निर्माण कार्य चलिरहेको छ ।
मेलामा ३ सय स्टल निर्माण हुनेछन भने धेरै स्टलहरु बुकिङ भैसकेको र मेला आयोजना हुने मिति नजिकिँदै गर्दा आवश्यक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको घरेलु अध्यक्ष मधु खड्काले बताइतन् । मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको र उपसमितिले आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको उनले बताइन् ।
Advertisement 2
उक्त महोत्सवमा प्रवेशका लागि ६० रुपैयाँ प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर राखिएको छ भने मुख्य आकर्षकको बिन्दु यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापालगायतका खेलाडीको सहभागिता हुनेछ भने थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने आयोजकले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्