खजुरा खजुरा गाउँपालिकामा गर्भवती महिला तथा शिशुको स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) सुरु गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकाे आर्थिक सहयोग मा भिडियो सक्स-रे खजुरामा स्थापना गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम सहित अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि आज एक कार्यक्रमका बिच खजुरा गाउँपालका अध्यक्ष डम्बर बहादुर बिकले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमकाे रिवन काटेर उद्घाटन गर्नुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको अल्ट्रासाउण्डबाट प्रत्येक महिनाको एक दिन वडामा रहेका स्वास्थ्य चौकीबाट सेवा दिइनेछ । यसबाट मातृ तथा शिशु मृत्युदर कम गर्न सकिने गाउँपालिकाको विश्वास छ । यसले भिडियो एक्स-रेका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
“यसबाट जनतालाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा दिने गाउँपालिकाको योजनामा टेवा पुग्नेछ” अध्यक्ष विकले भन्नुभयो, “मातृ तथा नवजात शिशु मृत्युदरमा समेत कमी आउने अपेक्षा गरिएको छ ।” खजुरा गाउँपालिकाका स्वास्थ्य संस्थामा वार्षिक करिब दुई सय गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउनेगरेका छन् । तीमध्ये चालु आर्थिक वर्ष २०७९–८० मा हालसम्म सुत्केरी हुनेक्रममा दुई जना महिलाको निधन भएको छ ।
ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँमा रहेका स्वास्थ्य चौकीमै भिडियो एक्स-रे सेवा सुरु भएपछि नियमित स्वास्थ्य परीक्षण गरी आमा र शिशुको स्वास्थ्य अवस्थाको जानकारी हुने र कुनै समस्या देखिएमा तत्कालै उपचार गर्न सकिने भएकाले आमा र बच्चा दुबैका लागि सहयोगी हुने खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकालले जानकारी दिनुभयो । यसबाट गर्भवती महिलासँगै अन्य बिरामीले पनि गाउँघरमै रोगको निदान हुनेगरी उपचार सेवा पाउने गाउँपालिकाले जनाएको छ ।
Skip This
खजुरामा ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) सुरु
भर्खरै
धेरै पढिएको
No posts found.




प्रतिक्रिया दिनुहोस्