२०८२ फाल्गुन २६, मंगलवार १९:४६ गते
नेपाली समय

खजुराको यी ६ स्थानमा लाग्नेछन् हाईमास्ट लाईट

२०८० बैशाख २६ गते, मंगलवार समय: २३:५० मिनेट

खजुरा : खजुरा गाउँपालिकाले खजुरा गाउँपालिकाको विभिन्न ६ स्थानमा हाईमास्ट लाईट जडान गर्न लागेको छ ।
खजुराको वडा नम्बर २, ३, ४, ५, ६ र ८ नम्बर वडामा एकवटा हाईमास्ट लाईट जडान गर्न लागेको हो ।
खजुरा गाउँपालिका वडा नम्बर दुईको रिमझिम चोक, वडा नम्बर ३ को पृथ्वी चोक, वडा नम्बर ४ को प्रहरी बिट नजिक, वडा नम्बर ५ को भट्टी चोक, वडा नम्बर ६ को सिमलघारी चोक र वडा नम्बर ८ को रिहार चोकमा हाईमास्ट लाईटको कार्य अगाडी बढेको छ ।
हाईमास्ट लाईट निर्माणको लागी प्रारम्भिक कार्य सुरु भैसकेको छ भने स्थानीय स्तरमा हाईमस्ट लाईट लगाउने कामको राम्रो प्रतिक्रिया आउने गरेको छ ।

सम्बन्धित समाचार