२० जेष्ठ, नेपालगन्ज
Advertisement 1
खजुरा प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित कथासंग्रहको विमोचन शनिबार नेपालगन्जमा एक कार्यक्रमका बिच गरियकाे थियाे, साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले पुस्तक विमाेचन गर्नुभएको हाे ।
कथासंग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासंग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिनुभयो। कोभिड महामारी र जनयुद्धको प्रभावसँग र धर्म संस्कृति संग सम्बन्ध राखेर मुस्लिम समुदायको सशक्त कथा समेत उल्लेख गरिएकाे केही इतिहास झल्काउने कथा भएकाले पाठकहरुले पढ्नैपर्ने खालको रहेको बताउनुभयाे।
Advertisement 2

पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा. भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यको विकासका लागि सुरु गरेको अभियान निकै महत्पूर्ण रहेको जनाउँदै हरेक पालिकाहरुले पनि प्रतिष्ठानकाे स्थापना गरी साहित्य र लेखन जगतमा बाँके जिल्लालाई पनि देशै भर पहिचान दिनुपर्ने बताउनुभएको हाे ।
Advertisement 3

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहनु भएका कथासंग्रहका लेखक डा. इन्द्रबहादुर भण्डारीले कृति प्रकाशन गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै अब बाँकेको साहित्यले झनै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा साहित्यकार खगेन्द्र गिरी (कोपिल), सागर गैरे, झलक गैरे, कल्पना पौडेल, माधव शर्मा, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलगायत साहित्यप्रेमीको उपस्थिति रहेको थियोे ।







प्रतिक्रिया दिनुहोस्