२६ जेष्ठ खजुरा पुरन परियार
Advertisement 1
खजुरा गाउँ पालिकमा प्रज्ञाप्रतिष्ठान द्वारा लेखित खजुरा बृहत् ईतिहास पुस्तककाे लाेकार्पण कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रज्ञाप्रतिष्ठानकाे आयाेजना र खजुरा गाउँपालिकाकाे सहयोगमा एक कार्यक्रमका बिच शुक्रबार दीप प्रज्वाेलनका साथ लाेकार्पण गरेकाे हाे, लेखक नरेन्द्रजंग (पिटर) काे राजनीतिक ईतिहास र खजुराकाे संक्षिप्त्त परिचय बाट सुरुवा गरियकाे उक्त पुस्तक ३८२ पेजकाे रहेकाे छ, खजुराकाे भाषा,साहित्य, संस्कृति र कला लाई समेटिएको पुस्तककाे सम्पादक डा. ईन्द्रबहादुर भण्डारी सहसम्पादक मणिदेव अर्याल काे रहेको छ भने भाषा सम्पादनमा माधव शर्मा,कल्पना पाैडेल , प्रदिप सुनार काे रहेकाे छ । पुस्तक काे ७०० प्रति प्रकाशन गरियकाे छ भने पुस्तक व्यवस्थापन काे जिम्मेवारी प्रज्ञाप्रतिष्ठानका सदस्य समेत रहनुभएका मणिदेव अर्यालको रहेकाे छ ।

पुस्तकमा खजुराकाे संक्षिप्त परिचय, खजुराकाे राजनीतिक ईतिहास नरेन्द्र जग पिटर काे रहेको छ भने साहित्यिक ईतिहास:- डा.ईन्द्रबहादुर भण्डारी, शैक्षिक ईतिहास:-ऋषिराम सापकोटा, सांस्कृतिक ईतिहास :- सुन्दर गुरुङ, नारी सशक्तीकरण हिजो देखि आजसम्ममा:- कल्पना पाैडेल जिज्ञासु , धार्मिक ईतिहास:-बाेधराज प्याकुरेल, सामाजिक ईतिहास :- सुरेशकुमार खत्री, मधेसी मुस्लिम ईतिहास :- आरिफ खान, मधेसी समुदायको ईतिहास ईमरान खान , नेपाली कंग्रेसकाे ईतिहास राजेन्द्र आचार्य तेसै गरि पञ्चायती काल देखिकाे कम्युनिस्ट राजनीतिक दलहरुकाे ईतिहास :- सतिश निराैला गरि ११ जना लेखकहरुले विभिन्न विधामा ईतिहास काे रचनात्मक संस्करण गरेका छन ।
Advertisement 2


कार्यक्रम मा बाल्दै बिशिस्ट अतिथि एंव पुस्तका लेखक नरेन्द्रजग (पिटर)ले याे खजुरा काे पहिलाे र अैतिहांसिक पुस्तक भएकाले अझै धेरै कुरा हरु सुधार गरिनुपर्ने, ईतिहास भनेकाे कुनै लेख रचना मात्र नभई अति अति महत्त्वपूर्ण बिषय रहेकाे बताउनुभयो।
तेसै गरि नेखक भाेतराज प्याखुरेल र भाषा सम्पादन समेत रहनु भएकि चरित्रा शाहा ले अाफ्नाे कबिता प्रस्तुत गर्नुभएको थियाे ।
याे खजुराकाे पहिलाे र निकट भबिस्यमा आउने सन्तति लाई खजुराकाे ईतिहासका बारेमा जानकार रहन का लागि याे पुस्तककाे रचना गरियकाे प्रज्ञाप्रतिष्ठानका कुलपति एव खजुरा गाउँ पालिका का अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) ले बताउनु भएकाे छ, याे पुस्तकमा खजुराकाे समग्र बिषयमा लेखिएको भएकाले पुस्तक लाई निकै मेहनत र खाेजमुलक रुपमा लेख्नु हुने सम्पूर्ण लेखक हरुलाई धन्यवाद समेत दिनुभएको हाे।


कार्यक्रममा प्रतिष्ठानका उपकुलपति समेत हरनु भएका डा. ईन्दबहादुर भण्डारी याे पुस्तक निकै मेहनत का साथ लेखिएकाले अाफुहरुले अझै तृटिका पक्षहरूसँग सामना गर्दै आगामि दिनहरुमा सल्लाह सुझावलाई मनन गर्दै खजुरा काे खाेज मुलुक वास्तविक ईतिहास लेखनामा जाेड दिने बताउनुभयो छ ।
पुस्तक निकै राम्रो भएकाे र आगामि आउने दिन हरुमा खजुराकाे नाम ईतिहासिक रुपमा पहिचान गराउसक्ने भएकाले लापिकाले पुर्ण सहयोग गर्ने पालिका उपाध्यक्ष मन्जु मल्ल ले बताउनुभएको हाे । कार्यक्रममा पालिकामा रहका वडा अध्यक्ष, कर्मचारी शिक्षा,तथा जनवर्गीय संगठन हरुकाे सहभागीता रहेकाे थियाे ।
















प्रतिक्रिया दिनुहोस्