५ असार खजुरा पुरन परियार
Advertisement 1
बाँकेकाे खजुरा गाउँपालिका वडा नं ६ मा रहेकाे श्री जनकल्याण माध्यमिक बिद्यालय का गरिब तथा जेहन्दार बिद्यार्थीहरु लाई मंगलबार एक कार्यक्रमका बिच स्कुल ड्रेस तथा झाेला वितरण गरेकाे छ ।
ग्रेस कम्युनिटि नेपालले विगत लामाे समयदेखि स्थानीयतह हरु संग समुन्वय गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकाे हाे, यश पटक पनि खजुरा गाउँपालिका प्रमुख काे बिशेश पहल र ग्रेस कम्यूनिटि नेपालकाे सहयोगमा मंगलबार कक्षा २ देखि कक्षा ६ सम्मका २ सय गरिब तथा जेहन्दार बिद्यार्थीहरु लाई उक्त झाेला तथा स्कुल ड्रेस वितरण गरिएकाे संस्थाका संचालक शेर बहादुर बाेहाेराले बताएका छन, नेपालका विभिन्न जिल्लाहरुमा यस्तै कार्यक्रम गर्दै आउने क्रममा उक्त बिद्यालयलाई २०७७ सालमा पनि शुद्ध पिउने पानीटंकी निमार्ण गरिदिएको उनले बताए छन ।


कार्यक्रमका प्रमुख अतिथि एंव खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि.क (तुफान) ले भने यश क्षेत्रलाई शैक्षिक स्तरमा उन्नति गराउने उद्देश्यले शिक्षाक्षेत्रलाई बिशेश ध्यानमा राखिएकाले यस्ता कार्यक्रमले गरिब तथा जेहन्दार बिद्यार्थी तथा अभिभावक हरुकाे स्तरमा प्रभावकारी हुने भएकाले यस्तै कार्यक्रमहरुमा जाेड दिने बताएका छन,बिद्यार्थीहरु काे शिक्षमा सुधार ल्याउनुपर्ने मा भने शिक्षक तथा अभिभावककाे प्रमुख भुमिका हुने भएकाले बिशेश ध्यान दिन आवश्यक अनुसार थप कक्षा संचालन गरि काेचिङ टियूसनकाे व्यवस्था मिलाउन पनि आग्रह गरेका छन ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनार
जनप्रतिनिधि बुद्धिजीवी अभिभावक हरुकाे उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्