बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३मा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को पार्टी कार्यलयको उद्घाटन गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य आइपि खरेल, जिल्लाका संयाेजक नरेन्द्र पाण्डे (जेम्स ) माओवादी केन्द्र लुम्बिनी प्रदेस कमिटी सचिवालय सदस्य तथा खजुरा गाउँपालिका सरकारका प्रमुख डम्बर बहादुर विक (तुफान )ले पार्टी कार्यलयको उद्घाटन गर्नुभएको हो।
Advertisement 1
उद्घाटन कार्यक्रकाे अध्यक्षता खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राज कुमार विकले गर्नुभएको थियोे ।
पार्टी कार्यलयको उद्घाटन गर्नु हुँदै जिल्ला संयाेजक पाण्डेले जिल्लाको वडावडामा पार्टी कार्यलयको स्थापना गरेर पार्टीलाई अगाडि बढाउँदै लैजाने बताउनु भयो । उहाँले माओवादी केन्द्र अब नयाँ गतिमा अगाडि बढ्ने पनि बताउनु भयो । त्यसैले आफ्नो आफ्नो कर्तब्य निर्बाह गर्न उहाँले आग्रह समते गर्नुभएको छ । त्यस्तै उहाँले हामिले देखाएको समाजवादी सपना माओवादी केन्द्रकै नेतृत्वमा पुरा हुने बताउनु भयो ।
Advertisement 2
पार्टी कार्यायल स्थापना भएपछि पार्टीको कामकाजमा सहजता आउने माओवादी केन्द्र लुम्बिनी प्रदेस कमिटी सचिवालय सदस्य तथा खजुरा गाउँपालिका सरकारका प्रमुख डम्बर बहादुर विक (तुफान )ले बताए ।
पाटी कार्यालय उद्घाटन गर्दै केन्द्रीय सदस्य आईपि खरेलले पार्टीको संगठन निर्माण र अभिलेखिकरणमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्