२०८२ मंसिर २२, आईतवार १२:१७ गते
नेपाली समय

वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंक नेपालगन्जद्वारा रक्तदान कार्यक्रम

२०८१ कार्तिक २७ गते, मंगलवार समय: २१:५९ मिनेट

नेपालगन्ज बाँके ।

Advertisement 1

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव  सम्पन्न गरेको छ । बैंकले आफ्नो १८ औँ

वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो ।

Advertisement 2

साेही अनुसार  कामना सेवा विकास बैंक शाखा कार्यालय नेपालगन्जले आफ्नो स्थापनाको १८ औँ वर्षमा प्रवेश गर्ने अवसरमा आफ्नाे कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ।

Advertisement 3

पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानकार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रमवाट कुल ५१ पिन्ट रगत संकलन गरिएकाे  नेपालगन्ज  शाखा प्रबन्धक कृष्ण बहादुर बोहराले जानकारी दिए। उक्त रक्तदान कार्यक्रम भव्य रुपले सम्पन्न भएकाेमा सबै  रक्तदाताहरुलाई धन्यवाद दिनुभएको थियो । उक्त   रक्तदान कार्यक्रम ५१जनाले   रगत दिएकाे शाखा प्रबन्धक बाेहराले जानकारी दिए।

 

कामना सेवा विकास बैंकले  आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिरहरूको सरसफाइ, डस्टबिन हस्तान्तरण, अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कप, वित्तीय साक्षरतामूलक पदयात्रा कार्यक्रमहरू पनि आयोजना गरेको पश्चिम क्षेत्रीय प्रमुख महेन्द्र खनालले जानकारी दिए।

सम्बन्धित समाचार