२०८२ मंसिर २३, सोमबार ०३:२३ गते
नेपाली समय

खजुरा बहुउद्देश्य सभाहल बारे भ्रमपूर्ण प्रचार नगर्न अध्यक्ष तुफानको आग्रह 

२०८१ माघ १२ गते, शनिबार समय: २१:०८ मिनेट

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा  भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले  उक्त सभाहलको ठेक्का आव्हान गर्दा , ठेक्का सम्झौता गर्दा देखि पटक पटक म्याद थप गर्दा समेत बहुउद्देश्यीय सभाहल बाहेक अन्य कुनै नाम गाउँपालिकाको अभिलेखमा नरहेको समेत जानकारी दिए । २०७६ बैशाख १७ गतेको ठेक्का आह्वान गर्दा बहुउद्देश्यीय सभा हल भनेर नामकरण गरेको ,   २०७६ बैशाख २४ गते ठेक्का सम्झौताको आशय सूचनामा बहुउद्देश्यीय सभा हल नै भनेर नामकरण गरिएको उनको भनाई छ ।  २०७७ / ७८ को सतौँ गाउँ सभा मा थप बजेट  सुनिश्चित गर्दा २०७७ असार २५ गते पास हुँदा समेत खजुरा बहुउद्देश्यीय सभा हल निर्माण भनी बजेट  बिनियोजन भएको गाउँपालिकाको अभिलेखमा रहेको उनको भनाई छ ।

Advertisement 1

यही माघ १० गतेका दिन उद्‌घाटन भएको सभाहलको नाम खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिए सँग नेकपा एमालेले विज्ञप्ति निकालेर विरोध जनाएको थियो । एमालेले सो सभाहलको मदन भण्डारी सभाहल नाम राख्न समेत माग गरेको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले खजुराको पहिचान हुने गरि खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिएको भन्दै तथ्यहीन र विरोधका लागी विरोध नगर्न आग्रह गरेका छन ।
उक्त सभा हलको नाम एमालेका स्वर्गीय पुर्ब महासचिव मदन भन्डारीको नामबाट हुनुपर्छ भनेर नेकपा एमाले खजुरा गाउपालिका कमिटिले बिज्ञप्ती नै निकाले पछि गाउपालिका अध्यक्ष तुफानले सामाजिक संजाल मार्फत प्रस्ट पारेका हुन।

उक्त खजुरा बहुउद्देश्यीय सभाको हलको योजना र शिलान्यास  तत्कालीन गाउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीको कार्यकालमा भयको थियो भने निर्माण अमर कन्स्ट्रक्सनले सम्पन्न गरेको छ।

Advertisement 2

हाल सामाजिक संजाल प्रयोगकर्ता धेरैको प्रतिक्रियापनि कुनै एक ब्याक्तीको नाम भन्दा खजुरा बहुउद्देश्यीय सभा हल उपयुक्त र सान्दर्भिक तथा खजुराको परिचय दिने र अस्तित्वको भयको बताउछन ।

 

सम्बन्धित समाचार