खजुरा / राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा पनि मंगलबारबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सुरु गरिएको छ । अभियान अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता नमुना माविमा र मनकामना माविमा अध्यनरत छात्राहरुलाई पहिलो खोप लगाइएको छ ।
Advertisement 1
खोपको सुरुवात खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफान र उपाध्यक्ष मन्जु मल्लले गर्नुभएको थियाे।
खोपको सुरुवात गर्दै अध्यक्ष तुफानले पाठेघरको मुखको क्यान्सर रोगको चुनौती बढ्दो रहेको बताए । उनले नेपालमा वर्षेनी हजारौं महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुने गरेको बताए ।
उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा पाठेघरको मुखको विरुद्धको खोप अभियान सुरु गरिएको उनको भनाई छ ।
Advertisement 2

पाठेघरको मुखको क्यान्सर रोग पुर्ण रुपमा नियन्त्रण गर्न खोप अभियान संचालन गरिएको हो । खोपबाट दैनिक ४ जानको महिलाहरुको मृत्यु हुने दरलाई नियन्त्रण गर्न सकिने अध्यक्ष तुफानले बताउनुभयाे।
Advertisement 3
महिलाहरु आफूलाई भएको समस्या लुकाएर राख्ने अवस्थाले पीडामारहेका छन् । रोग लुकाएर राख्नुभन्दा समयमा नै स्वास्थ्य संस्थामा गएर उपचार गराउनु पर्ने खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले भनाई रहेकाे छ ।

खजुरा गाउँपालिकामा २२ माघदेखि २९ सम्म चल्ने अभियानमा गाउँपालिकाभर ५ हजार ८ सय ७२ जना बालिका तथा किशोरीलाई उक्त खोप लगाइदैछ । गाउँपालिकाले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने तथा बिद्यालय बाहिर रहेका १० वर्षदेखी १४ वर्ष उमेर सम्मका बालिका तथा किशोरीलाई खोप लगाउन लागेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताइन् ।






प्रतिक्रिया दिनुहोस्