२०८२ मंसिर २२, आईतवार १२:०५ गते
नेपाली समय

माओवादी पार्टी लाई जनताको सेवा गर्ने पार्टीको रुपमा बिकास गर्नुपर्छ : अध्यक्ष पाण्डे

२०८१ माघ २३ गते, बुधबार समय: १९:५५ मिनेट

नेकपा माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले माओवादी पार्टी जनताको सेवा गर्ने पार्टीको रुपमा बिकास गर्नुपर्ने बताएका छन । नेकपा माओवादी केन्द्र खजुराको नव निर्वाचित समितीको सपथ तथा पदभार कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले त्यस्तो बताएका हुन ।
उनले माओवादी पार्टी यसका नेता कार्याकर्ताले जनताको सेवा गर्ने र जनजिबिकाका सवाला लाई मुख्य मुद्धा बनाएर अगाडी बढनु पर्ने बताए ।
माओवादीले सोचे अनुसार काम गर्न नसकेको भन्दै केहि आलोचना भएको भएपनि पछिल्लो अध्यक्ष प्रचण्डको प्राधानमन्त्री कालले जनतामा पुन ठुलो आशा पलाएको र पार्टिको पक्षमा व्यापक जनमत बढेको उनको भनाई थियो । उनले स्थानिय सरकारको समेत नेतृत्व माओवादी गरेको हुनाले खजुरा गाँउपालिका लाई मोडेल पालिकाको रुपमा बिकास गर्ने उनले बताए ।

Advertisement 1

सोहि कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक तुफानलले माओवादी संसदिय राजनितीको बिभिन्न चरण पार गरेर हाल प्रतिस्पर्धी पार्टी बनेको बताए । उनले माओवादीका संगठनका गतिबिधी लाई नियमित बनाउदै जन अपेक्षा अनुसार काम गरे अव माओवादी पहिलो पार्टी बन्ने धारणा राखे । उनले खजुराको स्थानिय सरकार लाई जनमैत्री बनाउने गरि काम भई रहेको धारणा राखे ।
खजुरा गाँउपालिका नव निर्वाचित अध्यक्ष राज कुमार बिकले बिगतमा भन्दा फरक ढंगले पार्टी सञ्चालन गर्ने बताए । कार्यकर्ता र जनतामा आशा जगाउदै जनताकाे मन जित्ने गरि संगठन निर्माण र जनसेवाको काम गर्ने धारणा राखे ।
खजुरा गाँउपालिकाको तेस्रो अधिबेशन बाट अध्यक्ष राज कुमार बिक , उपाध्यक्ष गरिबे शेष , टंक पोख्रेल , धनराम वली , सचिवमा खडक वली सहितको ४१ सदस्यी नयाँ कार्य समिती निर्वाचित भएको छ । समितीले बुधावर सपथ तथा पदभार ग्रहण गरेको छ ।
सपथ ग्रहण लगतै नव निर्वाचित कार्य समितीले खजुरामा
३मा हरेको सहिद वाटिकामा गएर सहिदको प्रतिमामा माल्यार्पण गरेर पदभार ग्रहण गरेका थिए।

सम्बन्धित समाचार