२०८२ मंसिर २२, आईतवार ०९:५९ गते
नेपाली समय

लागुऔषध दुब्र्यसनलाइ रोक्न खजुराका बिद्यालयमा अभियान

२०८१ माघ २३ गते, बुधबार समय: २३:५६ मिनेट

बाँकेको खजुरा गाउपालिकाका अध्यक्ष डम्मर बिक तुफानले बालबालिकाको हातमा भोलिको भबिष्य भएको भन्दै बालबालिका लाइ सिर्जनात्मक बन्न आग्रह गर्नुभएको
छ । उहाले समाज लाइ सहि सक्षम मानिस निर्माण गर्न बालबालिकाले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
बढदै गएको लागऔषध दुब्र्यसनलाइ रोक्न बालबालिकाले आफनो तर्फबाट जनचेतना फैलाउन आग्रह गर्नुभयो ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ खजुरा गाउँपालिका नागरिक आरोग्य सेबा केन्द्रले आयोजना गरेकाे लागु औषध दुर्ब्यसनि रोकथाम तथा आत्महत्या न्यूनीकरण र स्वस्थजिबन शैलि समबन्धि जनचेतनामूलक कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।
उक्त कार्यक्रम बाेल्दै खजुरा गाँउपालिका उपाध्यक्ष मन्जु मल्लले कुलतमा लाग्ने मानिसले आफनो स्वास्थ्य मात्र होइन् परिवारलाइ नै असर गरीरहेको हुन्छ ।’एउटा ब्यत्तिले परीवार बिग्रान्छ । त्यहि परिवारले समाजलाइ प्रभाव पार्छ। समाज नकारात्मक असर तिर गयो भने राष्ट्र कमजोर हुन्छ ।
’ उहाले भन्नुभयो ,‘ अब राष्ट्रको भबिष्य बालबालिकाको हातमा छ । तपाइ राम्रो सक्षम बन्नुभयो भने राष्ट्र राम्रो र सक्षम बन्ने छ ।उहाले लागुऔषधको कुलत बाट बालबालिका टाढा रहनुपर्ने भन्दै आफु जस्तै सबै बालबालिका लाइ दुब्र्यसन बाट टाढा राख्न अनुरोध गर्नुभयो
।खजुरा गाउपालिकाको ७काे जनता माध्यमिक बढुवा विद्यालय र गोल्डेन ग्यालेक्सी एकेडेमी विद्यालयमा आयोजनागरीएको सो कार्यक्रममा खजुरा गाउँपालिका सामाजिक संयोजक कृष्णा कुमारी पोखरेलको अध्यक्षतामा प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान ,बिशिस्ट अतिथि उपाध्यक्ष मन्जु मल्ल ईलाका प्रहरी कार्यालय धनौलि खजुराका प्रहरी सहायक निरीक्षक खिम बहादुर डाँगि, खजुरा गाउँपालिका नागरिक आरोग्य सेबा केन्द्रका प्रमुख किरण खनाल , बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार