२०८२ मंसिर २२, आईतवार १२:१२ गते
नेपाली समय

३० ओैं जनयुद्ध दिवसकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम खजुरामा सम्पन्न

२०८१ फाल्गुन २ गते, शुक्रबार समय: ०६:५८ मिनेट

खजुरामा ३० औं जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ।
नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीकाे आयोजनामा ३०औं जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको खजुरा गाउँपालिका कमिटी अध्यक्ष राज कुमार विकले जानकारी दिए।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य आईपि खरेलको प्रमुख आतिथ्य रहेको थियो। माओवादी केन्द्रका केन्द्रिय सदस्य खरेलले जनयुद्धका घाईते अपाङ्ग तथा सबैमा शुभकामना ब्यक्त गरेका छन्। उनले जनयुद्ध दिवसमा शुभकामना ब्यक्त गर्दै अहिलेको परिवर्तन माओवादीले संचालन गरेको जनयुद्धको उपलब्धिका रूपमा रहेको बताए ।
यस्तै बिशिस्ट नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेस कमिटी सचिवालय सदस्य तथा खजुरा स्थानीय सरकारका प्रमुख डम्बर बहादुर विक तुफाले१० वर्ष जनयुद्धमा परि ज्यान गुमाएका सम्पूर्ण महान सहिदहरुलाई सम्झदै उनीहरुको त्याग र बलिदानले गर्दा आज देशमा हरेक मान्छेले आफ्नो स्वतन्त्रता पाएको बताए । उक्त कार्यक्रम पाटीका नेता तथा कार्याकर्ता जनयुद्धका घाइते , सहिद परिवारजनको उपस्थित रहेको थियो।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

सम्बन्धित समाचार