२०८२ मंसिर २२, आईतवार १२:१४ गते
नेपाली समय

नेकपा माओवादी केन्द्र नेपालगन्जद्वारा शहिद तथा वेपत्ता परिवारलाई सम्मान

२०८१ फाल्गुन २१ गते, बुधबार समय: २०:०७ मिनेट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिकाले २२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।

Advertisement 1

सहिद सप्ताहको अन्तिम दिन बुधबार सम्मान कार्यक्रम आयोजना गरी पार्टीले जनयुद्ध र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो । सहिद तथा वेपत्ता परिवारलाई दाेसल्ला र भित्ते घडी दिएर सम्मान गरिएको थियोे ।


सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा माओवादी केन्द्र बाँके इन्चार्ज पुर्ण कुमारी सुवेदीले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

Advertisement 2

सहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै नेता सुवेदीले जनयुद्धमा सहादत गर्ने र वेपत्ता भएका योद्धालाई प्रचण्डकाे सरकार हुदा सहिद घोषणा गरिएकाे बताउनुभयो ।

अर्का माओवादी नेता अकलबहादुर बमले सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत सहिद तथा वेपत्ता परिवारलाई उच्च महत्व दिईने धारणा व्यक्त गरे ।
हरेक वर्ष संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र तानाशाही राजतन्त्रात्मक व्यवस्थाको विरुद्ध लड्दै गर्दा आफ्नो जीवन उत्सर्ग गर्ने वीरसहितहरुप्रति सम्मान कार्यक्रमको आयोजना गर्दै आएको माओवादी केन्द्रले विभिन्न कार्यक्रमहरु सहित शहिद सप्ताह कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव तथा सहिद परिवार डिल्ली बराल (अमिर)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था ल्याउन आफ्नो प्राण उत्सर्ग गर्ने महान शहिदहरुप्रति हार्दिक श्रद्धा सुमनसहित परिवारजनलाई सम्मान व्यक्त गरेका छन्। उनले सहिदहरूको बाटोलाई बिर्सन नहुने र शहिदहरुले गरेको त्याग र बलिदानीलाई खेर जान नदिने पनि बताउनुभयो ।

Advertisement 3

नगर पार्टी अध्यक्ष प्रेम शाह को अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको हो । फाल्गुन १४ देखि सुरू भएको सहिद सप्ताह अवधीभर सहिद तथा वेपत्ता परिवारको घर–घरमा पुगेको माओवादीले सहिद तथा वेपत्ता योद्धा र उनीहरूको परिवारको तथ्यांक संकलन गरेको र सोहि तथ्यांकका आधारमा सम्मान गरिएको पार्टीका नेपालगन्ज उपमहानगर अध्यक्ष प्रेम शाहले जानकारी दिए ।

 

सम्बन्धित समाचार