११५ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा
सबै महिला तथा बालिकाकोलागि अधिकार, समानता र सशक्तीकरण भने मुल नाराका साथ महिलाहरूको बर्तमान सवालहरू सम्बन्धमाअन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। खजुरा गाउँपालिकाकाे आयोजनामा भएकाे उक्त कार्यक्रममा महिलाहरूको बर्तमान सवालहरू सम्बन्धमा कार्यक्रमको उद्देश्य तथा औचित्यको बारे खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख शुशिला न्याेैपानेले जानकारी दिनुभएको थियो ।
Advertisement 1
शाखा प्रमुख न्याैपानेले खजुरामा महिलाकाे अवस्था तथा नीतिगत तहमा महिलाको पहुँचबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रस्तुतीकरणमा खजुरा गाउँपालिकामा महिलाको आर्थिक तथा सामाजिक अवस्था सँगै नीतिगत तहमा महिलाको पहुँच र चुनातीहरुबारे छलफल गरिएको थियो ।
Advertisement 2
कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले विगत भन्दा महिला सहभागितामा सुधार हुँदै गएको बताउनु भयाे।
अध्यक्ष विकले समाजका हरेक क्षेत्रमा अवसर पाउने मात्र नभई महिलाले नेतृत्व लिने तहमा आफूलाई उभ्याउनु पर्ने बताए । उहाँले कुरीति, अन्धविश्वास र पुरानो मूल्य र मान्यता नहट्दा संविधानले सुनिश्चित गरेका हक अधिकारहरु कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नु भयाे ।
Advertisement 3
यसै गरि कार्यक्रमका अध्यक्ष तथा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले महिला सहभागीता जबसम्म उल्लेख्य हुदैन तबसम्म नीतिमा महिलाहरु पहुँच बढाउन नसकिने भएकोले यसका लागि सबैले विशेष पहल गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने , यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका काम खजुरा गाउँपालिकाले गरिरहेको उपाध्यक्ष मल्लले बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्