२०८२ मंसिर २२, आईतवार १३:३९ गते
नेपाली समय

कृष्टलको चुरा पोते बनाउने तालिम खजुरामा सम्पन्न

२०८१ चैत्र ६ गते, बुधबार समय: २२:१९ मिनेट

खजुरा ।महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने एक महिने तालिम खजुरामा  सम्पन्न भएको छ ।

Advertisement 1

खजुरा गाउँ पालिकाकाे आर्थिक सहयोग तथा दिदि बहिनी समाज, बाँकेकाे आयोजनामा उक्त तालिम बुधबार सम्पन्न भएको हो

महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन चुरा, पोते,टप, माला बनाउने तालिममा खजुरा गाउँपालिकाकाे ८वटै वडा बाट ५० भन्दाबढी महिलाहरूकाे सहभागीता रहेकाे थियो ।
तालिममा सहभागि महिलाहरुले तालिमले हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने उद्धेश्यले आयोजना गरिएको सिपमुलक तालिममा चुरा, पोते, माला बनाउन सिकाएर खजुरा गाउँपालिकाले रोजगारमूलक समाज निर्माणमा जोड दिईएको छ।

Advertisement 2

उक्त कार्यक्रमको समापनमा बोल्नुहुदै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले गाउँपालिकाले आयोजना गरेको यो कार्यक्रमले खजुरा गाउँपालिका भरिका महिलाहरुलाई आत्मनिर्भर बनाएर अगाडी बढ्नमा सहयोग पुग्ने बताउनुभयो ।
महिलाहरुको जिविको पार्जनमा सहयोग पुराउने कुरामा गाउँपालिका हरसम्भव कोसिस गरिरहेको उहाले बताउनुभयो तालिम लिएपछि यो ब्यबहारमा पनि लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले तालिम मात्र लिने र सिकेको सिपलाई सहि ठाउँमा प्रयोग नगर्ने हो भने तालिम लिनुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले चुरा, पोते लगायतका सामाग्रीहरु बनाउन सिकेर अब यसलाई ब्यवसायमा पनि जैजानुपर्ने बताउनु भयो । काम गरिसकेपछि बजारको लागी गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
यसैक्रममा खजुरा गाउँपालिका समाजिक बिकास संयाेजक कृष्ण पाेखरेलले यो तालिमसँगै महिलाहरुमा निकै उत्साह थपिएको आफुले पाएको बताउनुभयो । १महिनाकाे तालिमपछि महिलाहरुमा पनि केहि गर्छन‘ भन्ने भावना बिकास भएको उहाको भनाई थियो । सिकेको सिपलाई तालिमममा मात्र सिमित नगरी ब्यबसायकै रुपमा अगाडी बढ्न जाेड दिनुभयो ।

सम्बन्धित समाचार