२०८२ मंसिर २२, आईतवार १८:२४ गते
नेपाली समय

खजुरामा छन् ५१ वटा निजि बन, २१ नयाँ निजि बनधनिलाई प्रमाणपत्र प्रदान

२०८१ चैत्र २८ गते, बिहीबार समय: ११:४० मिनेट

 

Advertisement 1

नेपालगन्ज : खजुरामा निजि तथा सार्वजनिक बन दर्ता तथा समन्वय सहयोग तथा ब्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

खजुरा गाउँपालिका बन शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रमको
अध्यक्षता वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले गर्नु भएको थियो भने कार्यक्रममा खजुरा गाउँपालिका अधिकृत केशब बुढा, पारिवारिक निजि बनका अध्यक्ष सुनिल घिमिरे , डम्बर बहादुर रावल, बाल कुमार सुनार लगायतको सहभागीता रहेको थियो ।

Advertisement 2

साथै उक्त कार्यक्रममा २१ वटा नयाँ दर्ता भएका खजुरा गाउँपालिका वडा नम्बर १,२,३ र ५ का निजि बन धनिलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।हालसम्म खजुरामा जम्मा ५१ वटा निजि बन रहेको छ ।

उक्त कार्यक्रमको संचालन खजुरा गाउँपालिका बन शाखाको अधिकृत नेत्र महतराले गरेका थिए ।

सम्बन्धित समाचार