खजुरा गाउँपालिकाको आयोजनामा आज बिहान १८ औं गणतन्त्र दिवसको अवसरमा इलाका प्रहरी कार्यालय धनौली देखि खजुरा बहुउद्देश्यीय सभाहल सम्म बाजागाजा सहित र्याली लिकालिएको थियो ।
Advertisement 1

र्याली स्थानीय बाजागाजा सहित पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजिबि, नागरिक समाज, स्वास्थ्यकर्मी लगाएतको उपस्थितिमा रहेको थियो ।
Advertisement 2
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क र सहिद सेतु बि.क को श्रीमान शेर बहादुर बि.क.ले सहिद सेतु बि.क.को शालिकमा माल्यार्पण गरि र्याली निकालिएको थियो ।

Advertisement 3
खजुराको बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले `संघिय गणतन्त्र ल्याउन नेपाली जनताको संघर्षपुर्ण बलिदान, त्याग तपस्याले एकात्मक निरङ्कुस तानाशाह राजतन्त्रको अन्त्य भएको दिनको स्मरण गर्दै जनताले आफ्नो अधिकार प्राप्त गरेको दिनमा सबैले उत्सवको रुपमा मनाउने गरेको बताए ।´ उने भने एकात्मक शासन ब्यवस्थाको नेतृत्व गरेकाले जनतामा असमानता, विभेद र मौलिक अधिकारलाई पुर्णरुपमा बन्देज गरिएको थियो, तर गणतन्त्रमा मौलिक हकको ब्यवस्था गरिएको छ जनताको अधिकारको ग्यारेन्टी र सामाजिक न्याय, धर्मनिरपेक्षता, समानुपातिक संविधानमा ब्यवस्था गरिएको छ ।

त्यस्तै उपाध्यक्ष मन्जु माल्ल ले गणतन्त्रले राज्यको हरेक निकायमा महिलाको अधिकार सुनिश्चित गरेको भन्दै हामीले निरङ्कुस शासन ब्यवस्थाको कल्पना गर्न नसकिने बताइन ।
खजुरा गाउँपालिकाले १८औं गणतन्त्र दिवसको अवसरमा निरङ्कुस राजतन्त्रका विरुद्ध गणतन्त्र प्राप्तिको लागि १९ दिने आन्दोलनलाई सशक्त बनाउने महत्वपूर्ण भुमिकामा रहेका र बाँके क्षेत्र नम्बर ३ को संयुक्त जनआन्दोलन परिचालन समिति संयोजक मान बहादुर ओलि, सहित ८ जनालाई सम्मान गरिएको छ ।

यसैगरी खजुरा गाउँपालिका भित्र रहेका २० ओटा क्लबहरुलाइ खेलकुद सामाग्री बितरण समेत गरिएको थियो/






प्रतिक्रिया दिनुहोस्