२०८२ मंसिर २२, आईतवार ११:३६ गते
नेपाली समय

खजुरामा २ सिगाँउमा योग केन्द्रको स्थापना

२०८२ जेष्ठ २२ गते, बुधबार समय: २२:१० मिनेट

खजुरा बाँके । खजुरा गाउँपालिका वडा नं २ स्थित सिगाँउ अमर माबिमा योग समित नेपालको ४३ औँ नयाँ योग केन्द्रको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ।

Advertisement 1

उक्त कार्यक्रम गुरु श्री गिरिराज भट्टाराईको अध्यक्षता तथा खजुरा गाउँपालिकाकाअध्यक्ष डम्बर बहादुर बि .क तुफानको प्रमूख आथिथ्यमा सम्पन्न भएको छ।
स्वास्थ्यकर्मि सर्मिला पौडेलको प्रमूख सयोजकत्वमा समित गठन गरी नियमित योग अभ्यास गर्ने र गराउने निर्णय गरिएको छ।
हालसम्म खजुरा गाँउपालिका वडा नं २ मा जम्मा ४¸ वडा नं १ मा १¸वडा नं ३ मा १ तथा वडा नं ४ मा १ गरी जम्मा ७ वटा योग केन्द्रहरु संचालनमा आएका छन्।
खजुरा गाउँपालिकाका अध्यक्षको सक्रियतामा खजुरा गाँउपालिका भित्रका बिभिन्न स्थानहरुमा योग केन्द्रहरुको स्थापना तथा संचालन हुदै आएका छन्।
खजुरा गाउँपालिका भित्र दिन प्रति दिन क्यान्सर¸ मृगौला फेल¸ मुटुका रोग तथा चिनिरोगहरु जस्ता नसर्ने रोगहरुको बढ्दै गएको परिपेक्षमा यसको नियन्त्रण तथा रोकथामको लागी योग आसन ब्याम तथा प्रणायमहरु नै मुख्य उपाय भएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि. क ले बताउनु भयो।
साथै अव आउने आर्थिक बर्षहरुको निति तथा कार्यक्रममा नै योग केन्द्रहरुको स्थापना तथा यसको महत्वलाई समाबेस गरि योग लाई प्रभावकारी गराउदै लगिने तथा थप योग केन्द्रहरुको अन्यस्थानहरुमा बिस्तार गरिदै लगिने गाउँपालिका अध्यक्ष बि .क ले बताउनु भयो।
गरौं योग रहौ निरोग भन्ने मुल नारा सहित टोल टोलमा योग केन्द्र स्थापना हेतुले आफु निश्वार्थ रुपमा लागेको योग समित नेपालका अध्यक्ष गुरु श्री गिरिराज भट्टाराईले बताउनु भयो। उत्त कार्यक्रम योग समिति नेपालका सचिब चिरिन्जीबि ज्ञवालीले संचालन गर्नु भएको थियो भने अमर मा. वि का प्र.अ श्री पुर्ण प्रसाद सापकोटोले स्वागत मन्तब्य दिनु भएको थियो ।
त्यस्तै योगको महत्व तथा यसको आवश्यक्ताको बारेमा जन स्वास्थ्य अधिकृत दिपक ढकालले व्यक्त गर्नुभएको थियो।साथै कार्यक्रममा योग समिति नेपालका केन्द्रिय कार्यसमित पदादिकारी तथा सदस्य अन्य योग केन्द्रहरुको योग सदस्य ¸ खजुरा गाँउपालिकाका स्वास्थ्यकर्मि¸ कर्मचारी¸ शिक्षक¸ वुद्विजिवि तथा स्थानियहरुको बाक्लो उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार